Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआफूअनुकूल ऐन नियम जारी नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

आफूअनुकूल ऐन नियम जारी नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

नीतिगत रूपमै ‘लो बिडिङ’ अन्त्य गर्न माग


काठमाडौं । आफूअनुकून ऐन नियम जारी नभए आन्दोलन गर्ने निर्माण व्यवसायीहरुले सरकारलाई चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बताएका हुन् ।

व्यवसायीमैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको सिंहको दाबी छ । महासंघ एसोसिएट सदस्य समन्वय कार्यसमितिको दशौँ साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले खरिद ऐन संशोधनको अन्तिम प्रक्रियामा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायीमैत्री बनाउन महासंघ नेतृत्वले इमानदार प्रयास गरिरहेको पनि बताए ।

यस्तै महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमानदार प्रयास आवश्यक रहेको बताए । लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उनले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताए । महासंघका अर्का सल्लाहकार तथा पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौती देखिएको अहिलेको अवस्थामा पेशागत हकहितका लागि सबै एक हुनुपर्नेमा जोड दिए । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जध्दै भए पनि नेपालका निर्माण व्यवसायीहरूले उत्कृष्ट काम गरिरहेको बताए ।

भेलामा महासंघ एसोसिएट सदस्य समन्वय कार्यसमितिका संयोजक एवम् महासंघका उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले महासंघको विकास विस्तारमा एसोसिएट सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताए । महासंघका महासचिव रोशन दाहालले एसोसिएट सदस्यहरू महासंघको ‘मुटु’ भएको बताए । एसोसिएट सहसंयोजक रामजी पन्त ‘मुकेश’ले व्यावसायिक एकता आजको आवश्यकता भएको बताए । यस्तै जिल्ला निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ, महासंघका पूर्वसल्लाहकार अमरबहादुर श्रेष्ठ, महासंघका संस्थापक सदस्य आईपी प्रधानलगायतले निर्माण व्यवसायीहरूले भोग्नुपरेका विविध समस्याबारे चर्चा गरेका थिए ।

भेलामा एसोसिएट सचिव नवराज श्रेष्ठ तथा कोषाध्यक्ष शिव भट्टराईले आ—आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका थिए । साथै भेलामा नेपालको निर्माण उद्योगमा विशिष्ट योगदान दिने अग्रज एसोसिएट सदस्य निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको थियो । सोही भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं कार्यान्वयन समितिका अध्यक्ष इन्जिनियर केशवकुमार शर्माले बोलपत्रमा लो—बिड तथा बीमा विज्ञ इन्जिनियर जगन्नाथ गौतमले निर्माण उद्योगमा बीमाका सम्बन्धमा आफ्नो प्रस्तुति राखेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया