सोलुका दुई सय १० उम्मेदवारले गरे आयोगको अवज्ञा
सोलुखुम्बु । सोलुखुम्बुका दुई सयभन्दा बढी उम्मेदवारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचनको खर्चविवरण पेस नगरेका जिल्लाका चार सय ३१ जना उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको थियो । जयमध्ये दुई सय १० जनाले आयोगलाई स्पष्टीकरण नै पेस नगरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनावखर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । तर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका आठ सय सात जनामध्ये चार सय ३१ जनाले तोकिएको समयमा खर्चविवरण बुझाएका थिएनन् ।
उनीहरूलाई आयोगले भदौ १ गतेदेखि ७ गतेसम्म लिखित स्पष्टीकरण बुझाउने समय दिएको थियो । तर सो समयमा जिल्लाका दुई सय २७ जनाले मात्रै लिखित स्पष्टीकरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । स्पष्टीकरणको बेवास्ता गर्नेहरूमा सोलुदुधकुण्ड नगरपालिकाका ६२, थुलुङदुधकोशी गाउँपालिकाका १७, महाकुलुङ गाउँपालिकाका २८, लिखुपिके गाउँपालिकाका १५ र माप्य दुधकोशी गाउँपालिकाका १७ जना रहेका छन् ।
सोताङ गाउँपालिकाका ३४, नेचासल्यान गाउँपालिकाका १४ र खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ जना उम्मेदवार रहेका छन् । निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ अनुसार राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च वा पाँच लाखमध्ये जुन बढी हुन्छ, सोहीबराबरको रकम निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था गरेको छ । त्यस्तै, छ महिनासम्म जरिवाना रकम नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन वा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया