Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजल, जमिन र जडीबुटीमार्फत दोलखाको विकास गर्ने उद्घोष

जल, जमिन र जडीबुटीमार्फत दोलखाको विकास गर्ने उद्घोष


काठमाडौं । जल, जमिन र जडीबुटीमार्फत दोलखाको विकास गर्ने सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उद्घोष गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धन दोलखाले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत् चुनावीसभामा उनीहरुले जलविद्युत्, पर्यटन र जुडिबुटी उद्योगमार्फत दोलखाको विकास गर्ने बताएका हुन् ।

सत्ता गठबन्धनबाट दोलखाको प्रतिनिधिसभाका उम्मेदवार गंगा कार्की र प्रदेशसभा ‘क’का उम्मेदवार कुन्दनराज काफ्ले तथा प्रदेशसभा ‘ख’का उम्मेदवार बर्मा लामाले सभालाई सम्बोधन गर्दै दोलखाको विकास, समृद्धि र जनताको जीवनस्तर उकास्नका लागि आफूहरु स्वयंसेवक बनेर काम गर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार गंगा कार्कीले शैलुङ, हनुमन्ते, कालिञ्चोक, जिरी, च्छोरोल्पा हिमताललगायतको पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाएर काम गर्ने बताए । यस्तै उत्तर–दक्षिण जोड्ने सडक निर्माण, तामाकोशी जलासाय निर्माणको लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाए । साथै उनले आफ्ना प्रतिस्पर्धी समेत रहेका उद्योगी एवं नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई उद्योग व्यवसायको विस्तारमा लाग्न सुझाव दिए । व्यवसायीले व्यवसाय नै गर्न उपयुक्त हुने भन्दै उनले व्यवसायीको लागि आवश्यक वातावरणको व्यवस्था मिलाइदिने बताए ।

कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार वर्मा लामाले नेकपा एमालेले पटक–पटक निर्वाचन जितेर गए पनि दोलखाली जनताको लागि कुनै काम नगरेको बताए । मुडे–मेलुङ सडक र लामोसाँगु–चरीकोट सडक लामो समयसम्म अलपत्र पर्दा समेत एमालेका सांसदहरुले चासो नदेखाएको उनको आरोप थियो । उनले पनि दोलखाको विकास कृषि, पर्यटन र जलविद्युत्बाटै सम्भव हुनेहुँदा यसलाई आफूहरुले प्राथमिकता दिने बताए । यस्तै ग्रामीण सडकको स्तररोन्नति अति आवश्यक रहेकोले त्यसलाई पनि आफूहरुले प्राथमिकतामा राखेर काम गर्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया