Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचुनावी प्रचारमा केन्द्रित गठबन्धन दल

चुनावी प्रचारमा केन्द्रित गठबन्धन दल


दोलखा । दोलखामा वाम लोकतान्त्रिक गठबन्धनका दलहरू तिहार सकिएलगत्तै निर्वाचनको प्रचारप्रसारमा केन्द्रित बनेका छन् । एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा क्षेत्र रहेको दोलखामा गठबन्धन दलले निर्वाचनकेन्द्रित चुनावी कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादी दोलखाले जिल्लाभर रहेका ७४ वडा र नौ पालिकामै चुनावी सभा तथा घरदैलो कार्यक्रम गर्ने भएका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले प्रदेशसभा ‘क’ र प्रदेशसभा ‘ख’मा कार्यतालिका बनाएर चुनावी अभियान चलाउने नेपाली कांग्रेस दोलखाका पार्टी सभापति एवं प्रदेशसभा ‘ख’का उम्मेदवार बर्मा लामाले जानकारी दिए । लामाका अनुसार गठबन्धनले संयुक्तरूपमा निर्वाचन क्षेत्र प्रदेशसभा (क)मा यही कात्तिक १३ गतेदेखि ३० गतेसम्म र प्रदेशसभा (ख)मा कात्तिक १३ गतेदेखि २९ गतेसम्म मतदाताहरूसँग भेटघाट तथा चुनावी सभा गरिनेछ ।

चुनावी कार्यक्रमलाई गठबन्धनका साझा उम्मेदवारहरू प्रतिनिधिसभाका नेकपा माओवादी केन्द्रका गंगा कार्की र प्रदेशसभाका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र बर्मा लामा तथा गठबन्धन दलका जिल्ला नेताले सम्बोधन गर्नेछन् । शनिबार कांग्रेस जिल्ला सभापति एवं प्रदेशसभा २ का उम्मेदवार बर्मा लामा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुलवहादुर बुढाथोकी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिमप्रसाद दहालले संयुक्त हस्ताक्षरसहित चुनावी कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेले यसअघि नै पालिकास्तरको चुनावी कार्यतालिका र चुनावी कमान्डर तोकेर उम्मेदवारहरूलाई गाउँ–गाउँ पठाइसके छ भने जिल्लाका अन्य साना दल राप्रपालगायतका दल र स्वतन्त्र उम्मेदवारहरूले पनि चुनावी अभियानलाई तीव्र पारेका छन् । आगामी मंसिर ४ गते देशभर एकैसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि निर्वाचन हुँदै छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया