Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधद ब्रिटिश कलेज पाँचौं ताम्रकार फूटसल प्रतियोगिता हुने

द ब्रिटिश कलेज पाँचौं ताम्रकार फूटसल प्रतियोगिता हुने


काठमाडौं । ताम्रकार समाजले आयोजना गर्दै आएको ताम्रकार फुटसल प्रतियोगिताको पाँचौँ संस्करण यस वर्ष पनि हुने भएको छ । कात्तिक १९ गते शनिबार र २६ गते शनिबारका दिन सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा फूटसल प्रतियोगिता हुने भएको ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिले जनाएको छ ।

खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत वर्षदेखि नियमित रुपमा फुटसल प्रतियोगिता गर्दै आइरहेको जानकारी दिएको छ । ललितपुरका विभिन्न समाजका खेलाडीहरुको सहभागी रहने प्रतियोगिताको यस संस्करणको लागि थापाथलीस्थित ट्रेड टावरमा अवस्थित द ब्रिटिस कलेजले मुख्य प्रायोजन गरेको छ । ताम्रकार फूटसलको पाँचौँ संस्करणमा विभिन्न आठ वटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन् । प्रायोजन गरेका कम्पनीकै नामबाट टिमको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका ६० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरुमा विके सुन चाँदी पसल, भैरवनाथ आइरन इन्डष्ट्री, दिल ह्याण्डीक्राफ्ट, मेडस्मार्ट फार्मेसी, श्री नन्द मिठाइ भण्डार, आर्ट फेसन नेपाल, ओरियन इलेक्ट्रिकल, टेकम्याकस डिजिटल सलुसन रहेका छन् । भैरवनाथ आइरन इन्डष्ट्री गत संस्करणका विजेता हुन् । विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब साढे आठ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । यस प्रतियोगिताको लागि प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच, प्रमोसनल भिडियो प्रकाशनलगायतका कार्यहरु भइसकेको ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिले जनाएको छ ।

प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताका अन्य प्रायोजकहरुमा सिभिल बैंक, प्रभु बैंक, सम्झना ल्याबोरेटरी क्लिनिक, प्रभु क्यापिटल, म्याक डेकोर, उत्तम चिया, भिजन नेपाल, यसुधा, धातु स्टोर, जुजु व्येर्स र ब्रिटानिया छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया