Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआन्तरिक पर्यटकको रोजाइमा जिरीको स्टोनपार्क

आन्तरिक पर्यटकको रोजाइमा जिरीको स्टोनपार्क


दोलखा । पर्यटकीय क्षेत्र जिरी नगरपालिका वडा नम्बर–१ पुम्पामा रहेको स्टोनपार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक रूपमा यत्रतत्र छरिएका ढुङ्गामा बुनका संरचनाले यस क्षेत्र सबैको गन्तव्य बन्न थालेको हो ।

आन्तरिक तथा बाह्यपर्यटकहरुको लागि जिरी नगरपालिकाले प्राकृतिक रूपमा रहेका ठुलाठुला ढुङ्गामाथी भगवान शिवका मुर्ति तथा अन्य पर्यटकीय किर्तिम संरचना निर्माण गरेको छ । स्टोन पार्कमा अहिले पर्यटकहरु आउने क्रम बढेको जिरी–१ का वडाअध्यक्ष आङपाशाङ शेर्पाले बताए । २०७७ सालदेखी सञ्चालनमा आएको स्टोनपार्कमा हाल दैनिक दर्जनौं पर्यटक आउने गरेका छन् । नगरपालिका तथा वडाले स्टोनपार्कमा वर्षौदेखि विभिन्न प्राकृतिक आकारमा बनेका ढुुंगाहरुमा चासो दिएर कृतिमा सम्पदा निर्माण गरेको थियो । यस क्षेत्रको पर्यटन विकासको लागी नगरपालिका तथा निवर्तमान सांसद जिपछिङ लामाले समेत सहयोग गरेको वडाध्यक्ष शेर्पाले बताए ।

स्टोनपार्कको निर्माण नगरपालिकाको आन्तरिक स्रोत र प्रदेश सरकारको सहयोगमा गरिएको हो । पार्कमा सभाहल, मिनी कार्यक्रम हल, स्वीमिङ पुल र प्रतीक्षालय भवन रहेको छ । पार्क निर्माण भएपछि पार्क घुम्न मुख्य गरी दोलखा र रामेछापबाट बढी पर्यटक आउने गरेका छन् । यस्तै सिन्धुली, सोलुखुम्बु, महोत्तरी, जनकपुर, सिन्धुपाल्चोक, काठमाडौ लगायतका क्षेत्रबाट समेत बिदाको समय पारेर पर्यटक घुम्न आउने गरेको वडा अध्यक्ष शेर्पाले बताए ।

बिहिवार चुनावी कार्यक्रम लिएर मतदाता भेटन पुम्पा पुगेका प्रदेशसभा ‘क’ का सत्ता गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्लेले स्टोनपार्कलाई आधुनिक पर्यटकीय गन्तव्य बनाउने बताए । त्यस्तै काफ्लेले स्टोनपार्कसम्म आउने ग्रामीण सडकको स्तरोन्नति गरेर जिरीलाई पर्यटकीय हवको रूपमा बिकास गरेर देखाउने दाबी समेत गरे ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x