Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआगामी निर्वाचनमा नीजि क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई पनि सार्वजनिक बिदा दिन आग्रह

आगामी निर्वाचनमा नीजि क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई पनि सार्वजनिक बिदा दिन आग्रह


काठमाडौं । नेपालका मान्यता प्राप्त सम्पूर्ण टे«ड युनियन महासंघहरुको साझा संस्था यस संयुक्त ट्रेड युनियन समन्वय केन्द (जेटियुसीसी) ले आगामी निर्वाचनमा नीजि क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई पनि सार्वजनिक बिदा दिन माग गरेको छ ।

जेटियुसीसीले बुधबार सार्वजनिक बिदा दिन अनुरोध गर्दै गृह मन्त्रालयमा ध्यनाकर्षण पत्र बुझाईएको हो । गृह मन्त्राललयले मंगलबार एक सुचना जारी गरि मंसिर ४ र ५ गते सार्वजानिक विदा दिने निर्णय गरेको जानकारी दिएको थियो । उक्त विदा श्रम ऐन, २०७४ लागु हुने नीजि तथा उद्योग कलकारखाना लगायतका क्षेत्रमा श्रम ऐन, २०७४ मा भएको ब्यवस्था बमोजिम सार्वजनिक बिदा लागु नहुने भएकोले सबै क्षेत्रमा लागू हुनेगरि विदा दिन जेटियूसीसीले सरकारसंग माग गरेको छ । ध्यनाकर्षण पत्रमा भनिएको छ, “तहाँ मन्त्रालयबाट मिति २०७९ कार्तिक २९ गते प्रकाशित आगामी निर्वाचनको सन्दर्भमा सार्वजनिक बिदा सम्वन्धि सूचनाले श्रमजीवि वर्गको समृद्धिका लागि साझा ढङ्गले क्रियाशील रहेका नेपालका मान्यता प्राप्त सम्पूर्ण ट्रेड युनियन महासंघहरुको साझा संस्था यस संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को ध्यानाकर्षण भएको छ । श्रम ऐन, २०७४ लागु हुने नीजि तथा उद्योग कलकारखाना लगायतका क्षेत्रमा श्रम ऐन, २०७४ मा भएको ब्यवस्था बमोजिम सार्वजनिक बिदा लागु नहुने भएकोले मिति २०७९ मंसिर ४ गते हुने निर्वाचनको महत्वपूर्ण अवसरमा सबै क्षेत्रमा लागुहुने गरी सार्वजनिक बिदाको ब्यवस्था गरिदिनुहुन हार्दिक अनुरोध छ ।”


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया