Techie IT
×
गृहपृष्ठबिबिध‘युके एजुकेसन फेयर’ आयोजना गर्दै एसआई–युके

‘युके एजुकेसन फेयर’ आयोजना गर्दै एसआई–युके


काठमाडौं । एसआई–युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेसन फेयर आयोजना गर्ने भएको छ । मेला फेब्रुअरी ४ मा राजधानीको होटेल -याडिसनमा र फेब्रुअरी ५ मा पोखराको सिटी स्क्वायरमा हुने आयोजक टिमले जनाएको छ ।

मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिंघम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्यान्डका ३० भन्दा बढी ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने आयोजकले शुक्रबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

एसआई–युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेसन फेयर भएको बताउँदै बेलायत र आयरल्यान्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरबारे जानकारी लिने मौका पाउने दाबी गरेको छ । एसआई–युकेले यो अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीलाई युकेमा उच्च शिक्षा हासिल गर्न सही परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया