Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनवलपरासीमा नेत्रज्योति संघको आँखा शिबिर

नवलपरासीमा नेत्रज्योति संघको आँखा शिबिर


काठमाडौं । नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान डा.बिनोद निकिता कण्डेल आँखा अस्पतालको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिबिर सम्पन्न भएको छ । शिबिरबाट ६ सय ३४ जना लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ नवलपरासीसंगको सहकार्यमा सरावल गाँउपालिकाको मनरी हेप्थपोष्टमा माघ १३ गते आयोजना गरिएको उक्त आँखा शिबिरमा आँखा परिक्षण गराएकाहरु मध्ये २५० जना बिरामीहरुमा मोतिबिन्दु रोग देखिएको छ । मेतिबिन्दु देखिएका बिरामीको डा.बिनोद निकिता कण्डेल आँखा अस्पतालमा निःशुल्क शल्लेक्रिया हुने अस्पतालका व्यबस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया