Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयूकेमा रोजगारी मिलाइदिन अनलाइनबाट ठगी

यूकेमा रोजगारी मिलाइदिन अनलाइनबाट ठगी


काठमाडौं । यूकेमा रोजगारी मिलाइदिन्छु भन्दै अनलाइनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार छन् ।

उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्सएप, इन्स्टाग्राम, भाइबर र टिकटकमार्फत पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूकेमा डेन्टिस डाक्टर पेशा गर्छु भनी पीडितहरुसँग मोबाइल नम्बर लिई वाट्सएपमार्फत कुराकानी गरी प्रलोभनमा पारेका थिए । तत्पश्चात् यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाइदिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात् विभिन्न व्यक्तिहरुलाई पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लिरियन्स, इन्सुरेन्स, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई ठगी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया