Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशीमा एक साताभित्र सरकार गठनको आह्वान

कोशीमा एक साताभित्र सरकार गठनको आह्वान


काठमाडौं  । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेशप्रमुखले सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेशप्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्तिमार्फत सरकार गठनको आह्वान भएको जानकारी गराएका हुन् । ‘कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न पाँच बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि कोशीमा नयाँ सरकार गठन हुनलागेको हो ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया