Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारआज दिउँसो बागमती प्रदेशसभाको बैठक बस्दै

आज दिउँसो बागमती प्रदेशसभाको बैठक बस्दै


हेटौंडा । बिहीबार दिउँसो २ बजे बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने छन् ।

उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ आ–आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया