Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारछ दशमलव ५५ अंकले उक्लियो सेयर बजार

छ दशमलव ५५ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ६० अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार छ दशमलव ५५ अंकले उकालो लागेर १९ सय ९४ दशमलव ६० बिन्दुमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले उकालो लागेर तीन सय ७६ दशमलव ३६ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय वटा कम्पनीहरुको ६६ हजार नौैं सय ५५ पटक सेयर किनबेच भएको छ । जसबाट ९६ लाख ३७ हजार चार सय ५५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब १५ करोड १६ लाख ३५ हजार सात सय ५० रुपैंयाँ पुगेको छ । न

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा बाणिज्य बैंक, लगानी, जीवन बीमा, लघुवित्त र ट्रेडिङ समुहको सुचक ओरालो लागेका छन भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य समुहको सुचक बढेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया