Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारनेप्से परिसूचक उकालो लाग्यो

नेप्से परिसूचक उकालो लाग्यो


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ । राससका अनुसार विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ७१ लाख ८० हजार दुई सय २९ मूल्य बराबरको शेयर कारोबार भयो ।

हिमालयन रिइन्स्योरेन्स सात करोड ७५ लाख तीन हजार आठ सय २२, शिवम् मिसेन्ट छ करोड ६७ लाख ६७ हजार पाँच सय २८, गुर्खाज फाइनान्स छ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स छ करोड १८ लाख सात हजार नौ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त आठ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी सात दशमलव ६५, सोनापुर मिनरल्स सात दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले छ दशमलव ७२ प्रतिशतले कमाएका छन् ।

यस्तै, समाज लघुवित्त १०, बिपीडब्ल्यू आठ दशमलव ७७, किसान लघुवित्त पाँच दशमलव ५६, गुर्खाज फाइनान्स पाँच दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले तीन दशमलव ६० प्रतिशतले गुमाएका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया