काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता शेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री हुँदा दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको शेयर मूल्य घटेको छ ।
राससका अनुसार सात कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका शेयरधनीले छ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १२ करोड ६९ लाख ६५ हजार बराबरको दुई लाख ७७ हजार दुई सय २० कित्ता शेयर किनबेच भनेको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया