Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार१० अंकले ओर्लिंयो सेयर बजार

१० अंकले ओर्लिंयो सेयर बजार


काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । नेप्से आज १० दशमलव ६२ अंकले ओरालो लागेर दुई हजार ७० दशमलव २५ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव २५ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको ६३ हाजार नौं पटक सेयर किनबेच भएको छ । जसबाट ८४ लाख छ हजार ७६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारआ आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । बिकास बैंक, फाईनान्स र उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया