Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेआइटी माफियाको भण्डाफोर !

आइटी माफियाको भण्डाफोर !


काठमाडौँ,सुरक्षण मुद्रण केन्द्रका निलम्वीत कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका निलम्वीत प्रवन्ध निर्देशक सुनील पौडेल सूचना प्रविधिका राम्रा खेलाडी हुन् । उनीहरु जस्तै अर्का खेलाडी अग्सर अली र प्रकाश रायमाझि हुन् ।

अली र रायमाझी दलको ट्याग लागेका सूचना प्रविधि विद् हुन भने पौडेलद्वय सबै दलका साझा विज्ञ हुन । कांग्रेस,माओवादी र एमाले नेतृत्वको सरकार हुँदा सजिलै राजनीतिक नियुक्ति पाउने पौडेल बन्धु मध्येका विकल पौडेल सूचना प्रविधिको खुराफाती दिमागका सैतान मानिन्छन् । पौडेल बन्धु र अक्सर अलीले हामीले सिंहदरवार कब्जा गर्नुपर्छ भनेर एकसाँझ रमाइलो गरेको कुरा चर्चामा आएको पनि थियो र अर्थातमा पनि त्यस्तै देखियो ।

यी चारै जना आइटीका विज्ञ हुन् र सामसुङको एउटा आइफोन बोक्ने बौद्धिक दरिद्र राजनीतिक नेतृत्वलाई औलामा नचाउन उनीहरुलाई कुनै आइतबार कुरिरहनु पर्ने कुरा पनि भएन । नेशनल पेइमेण्ट गेटवे खरीदमा २३ करोड २७ लाख ५८ हजार रुपैयाँ घोटाला गरेको आरोपमा फरार रहेका पौडेल बन्धु विदेश भाग्न सक्ने संभावना देखेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरुलाई हिरासतमा लिएको छ ।

विकल पौडेल अमेरिकी पीआरअमेरिकाको स्थयी आवास अनुमति लिएका व्याक्ति हुन भने सुनिल र विकल पौडेल सिंगापुरमा रहेको एउटा कंपनीमा परामर्श दाताको रुपमा नियुक्ति लिएर काम गरिरहेको र विदेशमा नेपाल राष्ट्र बैंकबाट अनुमति नै नलिई डलर खाता खोलेको भेटिएको छ । बौद्धिक दरीद्रताबाट ग्रसीत राजनीतिक नेतृत्वलाई आश्वासनको पुलिन्दा देखाएर उनीहरुले गरेको कृकृत्यलाई ढिलै भएपनि अख्तियारले सतहमा ल्याइ दिएको छ तर आइटी माफियाकोभण्डाफोर हुने कुरामा अझै शंका छ ।


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया