Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधविदेश बसेर महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

विदेश बसेर महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ


काठमाडौं । विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा रौतहट देवाही गोनही नगरपालिका-५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलाको बहिनी समेत भएको तस्विर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी प्रसारण गर्नुका साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दु:ख हैरानी दिने गरेको घटनामा संलग्न रहेका उनलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोग वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x