Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराध५६ केजी गाँजासहित  २ जना पक्राउ

५६ केजी गाँजासहित  २ जना पक्राउ


काठमाडौं । चितवनको राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र राप्ती नगरपालिका-१ बस्ने १५ वर्षीय किशोर रहेका छन् । अस्थाई प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले बा-३ च २५०४ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी, सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका-९ डुमरी घर भई मिर्चैया नगरपालिका-६ बस्ने ४६ वर्षीय कुशेश्वर यादव र धनगढीमाई नगरपालिका-१४ सरेअम्वास बस्ने ३६ वर्षीय गौरब शाही रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले अन टेष्ट लेखिएको मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवारउनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, रौतहट, फतुवाबिजयपुर नगरपालिका-९ लक्ष्मिनिया बकैया खोलाको बाँधबाट ५केजी गाँजासहित कटहरिया नगरपालिका-१ भसेढवा टोल बस्ने १९ वर्षीय बिकाश कुमार दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया र सशस्त्र प्रही बल नेपाल सुरक्षा बेस लक्ष्मिनियाको प्रहरी टोलिले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

 


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया