Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीअधिकांश महिलामा पाठेघर क्यान्सरको जोखिम

अधिकांश महिलामा पाठेघर क्यान्सरको जोखिम


काठमाडौं । बैतेश्वर गाउँपालिका अधिकांश महिलाहरू पाठेघर क्यान्सरको जोखिममा रहेको पाइएको छ । ग्रिनतारा नेपालको आर्थिक तथा प्राविधिक सहयोग र बैतेश्वर गाउँपालिकाको व्यवस्थापनमा सञ्चालित तीन दिने महिलाहरूको पाठेघर क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा महिलाहरूको पाठेघर परीक्षण गर्दा धेरैमा पाठेघर खस्ने र क्यान्सरको खतरा रहेको पाइएको हो ।

शिविरमा चार सय ४९ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा पाठेघर क्यान्सरको रिपोर्ट पोजेटिभ भेटिएको बैतेश्वर अस्पतालकी प्रमुख डाक्टर निरामिका पाठकले बताइन् । त्यस्तै, ७७ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । चेतनाको कमी तथा सामाजिकरूपमा खुलेर भन्न नसक्ने र आर्थिक विपन्नताको कारण धेरै महिलाले पाठेघरमा देखिएको समस्या लुकाएर बस्ने गरेको ग्रिनतारा नेपाल बैतेश्वरका कार्यक्रम संयोजक टंक श्रेष्ठले बताए । पाठेघरको समस्या भेटिएका अधिकांश महिला २५ देखि ५० वर्ष उमेर समूहका रहेका छन् । श्रेष्ठका अनुसार कतिपय स्वास्थ्य स्वयम्सेविकामा समेत पाठेघर खस्ने समस्या भेटिएको छ । पारिवारिक जिम्मेवारी, सुत्केरी अवस्थामा पोषण र आराम नपुग्दा, सानो उमेरमै विवाह गर्दा पाठेघरका रोगी महिलाहरू वृद्धि हुँदै गएको उनले बताए ।

ग्रिनतारा नेपालले पहिलो दिन गाउँपालिकाले वडा नम्बर १, २ र ३ लाई लक्षित गरी शिविर आयोजना गरेको थियो भने दोस्रो दिन वडा नम्बर ४, ५ र ८ लक्षित र तेस्रो दिन वडा नम्बर–६ र ७ लक्षित शिविर आयोजना गरेको थियो । समाजमा अझै पनि धेरै महिलाहरूमा पाठेघरलगायतका समस्या रहेकाले पालिका तथा स्थानीय स्वास्थ्य संस्थाले यस्ता शिविर गाउँगाउँमा गर्न आवश्यक रहेको श्रेष्ठले बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया