Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीसेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार


बाजुरा । नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको उद्धार गरिएको छ । दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बिहीबार हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको अवस्था जटिल बन्दै गएको पत्र प्राप्तभएपछि महिला तथा बालबालिका मन्त्रालयमार्फत पहल गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया