Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतिहार र गोदावरी फूूल

तिहार र गोदावरी फूूल


काठमाडौं । देशमा तिहारलाई लक्षित गरेर कार्तिक १४ देखि १८ गतेसम्म ललितपुरको जावलाखेल मैदानमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदैछ । यो फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला हुन लागेको हो । फलतः गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृतसमेत गरिने भएको छ । यसर्थ प्रतिस्पर्धा हुने गोदावरीका प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीका कट फ्लावर रहेका छन् । यसरी पाँच दिनसम्म चल्ने मेला प्रदर्शनीमा एक करोड रुपैयाँ बराबरको कारोबार गर्ने र ४० हजार जनाले अवलोकन गर्ने लक्ष्य रहेको फ्यानले जनाएको छ ।

हाल नेपाल गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन । फलतः आधुनिक तरिकाले फूलखेती गर्न फूल किसानलाई सरकारले सक्दो सहयोग गर्न तिहारलाई लक्षित गर्दै आयोजना गरिएको मेलामा सयपत्री, मखमली र गोदावरीका फूलहरू प्रदर्शनी गरिएका छन् । यसरी आउँदो तिहारका बेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ । यसरी मौसमी पुष्प (विशेष तिहार र भ्यालेन्टाइन डे) का कारोबारका लागि भारतमा निर्यात हुन्छ भने कट्फ्लावरको आन्तरिक माग स्वदेशले नै धानी रहेको फ्यानका अध्यक्षले बताउँदै आएका छन् । मुलुकको पुष्प उत्पादनमा सरकारी सहयोग नहुनु हाम्रा लागि चुनौती भएको छ तर यसमा निजी क्षेत्रको मात्र प्रयासले पनि पुष्प व्यवसायमा वृद्धि भइरहेको व्यवसायीहरूको भनाइ रहेको पाइन्छ । यस व्यवसायमा लगानी बढी र अरु कृषि प्रणालीभन्दा फरक भएकाले पुष्प क्षेत्रको विकास सुस्त भएको कुरा सम्बन्धित क्षेत्रले दाबी गरेको छ ।

देशमा बढ्दै गइरहेको पुष्प व्यवसायलाई ध्यान दिई सरकारले हालैमात्र पुष्प प्रवर्द्धन नीति ल्याएको छ । यसै सन्दर्भलाई अवलोकन गर्ने हो भने अघिल्लो वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो । अतः देशमा हरेक वर्ष १० देखि १५ प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याड्ढ छ । यसरी उत्पादन क्षमतामा गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । देशमा तिहारका लागि मात्रै २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजारसम्म माला खपत हुने सम्बन्धित निकायको अनुमान रहेको छ । यसरी देश हालसम्म ९० प्रतिशत फूलमा आत्मनिर्भर रहेको दाबी छ । तसर्थ यसको साथसाथै उक्त प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा १० मिनियचर, २० स्पाइडर, ३० रिफ्लेक्स, ४० इन्कर्भ र ५० गोदावरीको कट् फ्लावर प्रजातिका रहेका छन् । तसर्थ विगत वर्षको जस्तै देशमा आउँदो तिहारको लागि ४० लाख मालाहरूमध्ये ३५ लाख माला देशमा उत्पादन हुन्छ भने नपुग ५ लाख माला भारतलगायत अन्य देशबाट आयात गर्नुपर्ने देखिन्छ । तीमध्ये ३० लाख ५० हजार सयपत्री र नौ लाख ५० हजार मखमली एवं गोदावरी फूलको माला आवश्यक रहेको देखिन्छ । यसरी माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ । भारतबाट ल्याइने फूल तिहार सुरु हुन तीन दिन बाँकी रहँदा नेपाल आइपुग्नेछ । जसमा मखमली र गोदावरी फूलको माला नेपालभित्रै उत्पादन हुने गरेको छ त्यसैगरी अघिल्लो वर्ष तिहारमा मात्रै १ अर्ब ७१ करोड रुपैयाँ बराबरको मालाको कारोबार भएको बताउँदै भारतबाट मात्रै ९० लाख रुपैयाँको सयपत्री फूलका माला आयात गर्नु परेको बताए ।

काठमाडौं उपत्यकामा मात्र करिब दुई सयभन्दा बढी पुष्प व्यवसायी रहेको एसोसिएसनले जनाएको छ । मुलुकका लागि आवश्यक फूल देशमै उत्पादन गर्न तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्ने मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएका छन् । किसानहरूले पनि फूलको उत्पादन भरसक असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भईसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २ सय २१ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीहरूले यसको खेती गर्दै आएका छन् । यसको साथसाथै पुष्प व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सो संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ७१ लाख रुपैयाँबराबरको कारोबार गरेको थियो । नेपालबाट जापान, कुवेत, कतार, भारतलगायतका मुलुकमा विभिन्न जातका फूल निर्यात हुने गरेको छ । यसरी वार्षिक करिब १० करोडको फूल निर्यात हुने गरेको फ्यानले जनाएको छ । पुष्प व्यवसायको व्यावसायिक प्रवर्द्धनका लागि पुष्पमेला सञ्चालन भईरहेको छ ।

स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा विस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झण्डै ९० प्रतिशत फूलको आयात कम भएको छ । देशमा दक्ष जनशक्ति नभएको र प्राविधिक जनशक्ति र आधुनिक कृषि प्रणालीको अभाव रहेको एकातिर छ भने अर्कोतिर सरकारले पनि खासै ध्यान नदिएको देखिन्छ । अहिलेसम्म पुरानै प्रविधिबाट पुष्पखेती हुँदै आएकोमा आगामी दिनमा पुष्प उत्पादनको क्षेत्रमा नयाँ प्रविधि भित्र्याएर आधुनिक ढंगले उत्पादन बढाउनु पर्ने सम्बन्धित क्षेत्रको चासो रहेको छ ।

अन्तमा भन्नुपर्दा नजिकिँदो तिहार पर्वका लागि पुष्प मेला आर्कषण केन्द्र बन्न जानेछ । यो पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको सम्बन्धित क्षेत्रले बताएको छ । यसले देशको अर्थतन्त्रमा टेवा पु-याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ । यस पुष्प खेतीलाई अझ बढी आम्दानी हुन सक्ने नगदे बाली वा खेतीको रूपमा यसलाई लिनुपर्छ । अतः फूल नेपालीको संस्कृतिसँग पनि जोडिएकाले निकै महत्वपूर्ण रहेको भन्दै कतिपय समाजमा फूलको सम्बन्ध व्यवसायसँग मात्र होला तर हाम्रो समाजमा यो व्यवसायसँग मात्रै छैन, हाम्रो संस्कृतिसँग पनि यसको सम्बन्ध निकट रूपमा जोडिएको छ । यसको साथसाथै अवलोकनकर्ताको मुख्य आकर्षण बनेको गोदावरी र मखमली फूलहरू मेलामा हुनेछन् । काठमाडौंको कुरा गर्ने हो भने चक्रपथभन्दा १० देखि १५ किलोमिटरसम्म बाहिर धेरैजसो पुष्प व्यवसायीहरू छन् । त्यसबाहेक भक्तपुर, काभ्रे, धादिङ, ललितपुर जिल्लामा फूलको व्यावसायिक खेती हुने गरेको छ ।

पछिल्ला वर्षहरुमा फूलको माग बढेको छ । माग र आपूर्तिमा सन्तुलन मिलेको छैन । मूलतः फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति फूल बिक्री गर्न समस्या पर्ने गरेको पुष्प व्यावसायीहरू बताउँछन् । हाल सामान्य र सोखपूर्ण ढंगबाट मात्र खेती हुँदै आएको छ । तसर्थ सरकारले व्यावसायिक रूपबाट कृषकहरूलाई आकर्षित गर्ने उद्देश्यले फूलको खेती विस्तार गरेमा अर्बौं रुपैयाँको पुष्प विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरूको भनाइ रहेको छ । यसर्थ विश्व बजारमा नेपाली फूलको माग दिनप्रतिदिन बढ्दो रूपमा एकातिर छ भने अर्कोतिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घर–घरका कौसीमा पनि फूलको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ । नेपाली फूललाई विश्व बजारमा निर्यात बढाउनु अति आवश्यक भएको छ । मुलुकमा नयाँ–नयाँ फूलको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन । यसर्थ समय–समयमा हुने पुष्प व्यापार मेलाले यो व्यवसायलाई सहयोग पुगेको छ । हाम्रो देशबाट खासगरी फूलका गाना र टिस्युकल्चर पनि निर्यात भएको अनुमान गरिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया