Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानवका लागि वातावरण

मानवका लागि वातावरण


काठमाडौं । गत जेठ २२ गते नेपाललगायत विश्वभरि नै विश्व वातावरण दिवस मनाइयो । जुन सन् १९७४ देखि विश्वमा वातावरण दिवस मनाउन थालिएको थियो । यसै क्रममा हाम्रो देश नेपालले भने सन् १९८० को दशकदेखि विश्व वातावरण दिवस मनाउन लागेको थियो । यो दिवस प्रत्येक जुन ५ तारिखका दिन विश्वभरि मनाइन्छ । अतः वातावरण संसारमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानका लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नु परेको वातावरण गम्भीर रूपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । फलतः मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भू–क्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । अतः पर्याावरण बढ्दै गइरहेको जनसंख्या वृद्धि, सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्याँसले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको वातावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याका लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिका लागि चिन्ताको विषय बनेको छ ।

विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन, बरु दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूला–ठूला महामारी र डरलाग्दा रोगहरूको उत्पत्ति भईरहेको वर्तमान परिवेशमा फोहोरमैलाको उचित र वैज्ञानिक रूपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरम सीमामा पुगेर उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई ग्लोबल भिलेज पनि भन्ने गर्दछन्  । जुन मानवले जति–जति उन्नति ग-यो, उति–उति समस्या र सङ्कटहरू आइलागेका छन् । एकातिर सफलताहरू उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवका लागि ठूलो सङ्कट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीय रूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । यसरी मानवजातिको हितका लागि गरिएको विज्ञान प्रविधिको विकासका कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्त्वहरू प्रदूषित भएका छन् ।

पृथ्वीको सिर्जना साढे चार अर्ब वर्षअघि भए तापनि करिव डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै बीस लाख वर्ष जतिअघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृति मै हुन्छ । त्यसैले एक–अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ मानिएको हो र यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक छ । आजको एक्काइसौं शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धिले धेरै जटिल समस्याहरूको जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।

तेश्रो विश्वका ८० प्रतिशत प्राणीहरूले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्ब तीस करोड प्राणीहरू बासविहीन एवं जटिल अस्वस्थ पर्याावरणमा जीवन निर्वाह गरिरहेका छन् । प्रदूषणकोे केन्द्र मानिएको विश्वका हरेक शहर तथा उद्योगधन्धाहरूले गर्दा बर्षेनी १० करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना शहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रति वर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् ।

पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्ल बर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरूबारे अनुसन्धान हुन थाले । यी कुराहरूलाई मध्यनजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी शिखर सम्मेलन भयो, जसले मौसम परिवर्तनका कारक तत्त्वहरूको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेण्डा–२१ जस्ता महत्त्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा ग¥यो ।

अन्त्यमा भन्नुपर्दा वातावरणको प्रतिकूल कारणहरूले गर्दा विश्वमा फैलिएको विभिन्न रोगव्याधि महामारीले मानव वर्गलाई तहस–नहस गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर हेर्ने हो भने प्रकृतिको विनाशबाट उत्पन्न भएको जटिल कारक तत्त्व यसलाई मान्न सकिन्छ । जसले गर्दा वातावरण विनाशका कारण उत्पत्ति भएका विभिन्न प्रकारका रोगहरूसँग लड्न कठिन हुन सक्छ । यसका लागि वातावरण संरक्षण र संवद्र्धन गर्ने क्रममा मानव समुदायहरू लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ । मूलतः हाल पृथ्वीमा विभिन्न स्थानहरूमा विभिन्न ग्याँसबाट उत्पन्न हुने पि.एम.२.५ ले गर्दा विश्वभर लाखौं मानिहरूको मृत्यु भईरहेको छ । त्यसरी नै वायु प्रदूषणको कारणले गर्दा प्रत्येक वर्ष १५ करोड ३० लाख मानिसहरू मर्ने गरेको तथ्याङ्कहरूले देखाएको छ । हाम्रा छिमेकी देशहरू चीन र भारतले विद्युतीय सवारी सधानहरूको संख्या बढाउँदै गएका छन् । नेपालले पनि गत वर्षको बजेटमा विद्युतीय सवारी साधनमा बजेट विनियोजित बढाउनुपर्ने देखिन्छ ।

हाल देशमा विद्युतीय उत्पादनमा वृद्धि हुँदै गएको हुनाले हालको अवस्थामा २ हजार मेगावाटभन्दा बढी रहेको छ भने सन् २०३० सम्ममा १० हजार मेगाभन्दा बढी पुग्ने अनुमान सम्बन्धित क्षेत्रले गरेको छ । यसर्थ यी कुरालाई राम्ररी मनन गरी सरकारले देशमा पेट्रोल, डिजेलको मात्रालाई विस्थापन गरी विद्युतीय साधनहरूमा बढीभन्दा बढी रूपमा खपत गराउन विज्ञहरूको अनुरोध पनि हुँदै आएको छ । जसले गर्दा वातावरणमा सुधार भई जनस्वास्थ्यमा सरकारले गर्ने खर्चमा पनि कमी नआउला भन्न सकिन्न । यी कुराहरूलाई सम्बन्धित निकायहरूले बेलैमा विचार गरी आउँदो वर्षहरूमा नीति तथा कार्यक्रमहरू तय गर्नु बुद्धिमानी हुनेछ । यदि त्यसो गर्न नसकिएमा देशले विश्व वातावरण मनाउनु कुनै अर्थ हुँदैन । हाम्रो देश नेपालले पनि वातावरण दिवस धेरै पहिलेदेखि मनाउने कार्य गर्दै आएको छ । यस कार्यक्रमले जनतामा चेतनामूलक सन्देश फैलाउने रहेको पाइन्छ । यस कार्यक्रमको वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रमहरू तय गरी मनाउने परिपाटी पनि रहेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया