गुराँस लाइफको बीमा शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने
काठमाडौं, वैशाख १५
गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क ई–सेवादेखि भुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितले आफ्नो नियमित बीमाशुल्क ई–सेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै ई–सेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ ।
गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौं । यस किसिमको सहकार्यले बीमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।
ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर ९० हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेको ई–सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा एक करोडभन्दा बढीले सेवा लिइरहेका छन् । ई–सेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइ जहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
२०६४ सालमा पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले गुराँस सावधिक जीवन बीमा योजना, गुराँस अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना, गुँरास जीवनश्री (सावधिक र आजीवन) बीमा योजना, गुराँस बाल सुरक्षा जीवन बीमा योजना, गुराँस सञ्जीवनी अग्रिम भुक्तानी जीवन बीमा योजना, गुराँस जीवन रक्षक (सीमित भुक्तानी सावधिक जीवन बीमा योजना)जस्ता बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले मुलुकभर ७६ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- ‘अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक’
- गोरखापत्रलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइनुपर्छ: मन्त्री शर्मा
- उत्पीडित वर्ग, जाति र समुदायलाई आफ्नो अधिकारको रक्षा गर्न प्रधानमन्त्रीको अपिल
- डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई राहत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया