मूनद्वारा दुई कोरियाबीच रेलवे निर्माण प्रस्ताव
सियोल, वैशाख २९
दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त क्वारेन्टाइन समेतका पारस्परिक सहयोगात्मक परियोजनालाई अघि बढाउनुपर्ने बताएका छन् । उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच वार्तामा तत्काल प्रगति नभएको देखिए पनि दुवै कोरियाबीच समझदारी बढ्दै गएको राष्ट्रपति मूनले बताए ।
समाचार संस्था योनहापका अनुसार राष्ट्रपति पदमा निर्वाचित भएको तेस्रो वर्षका अवसरमा विशेष सम्बोधन गर्दै राष्ट्रपति मूनले अन्तर–कोरियाली रेलवे सम्पर्क संजालको निर्माण र उत्तर कोरियातर्फ हुने भ्रमण जस्ता विशेष कार्यक्रमहरुको महत्व अझै रहेको बताए । उनले दक्षिण कोरियाबाट प्रस्तावित सहयोगात्मक परियोजनालाई स्वीकार गर्न उत्तर कोरियासमक्ष अनुरोध गरे ।
उनले भने, ‘हालका प्रस्तावहरु अझै पनि सान्दर्भिक छन् । हामी उत्तर कोरियालाई आफ्ना परियोजनाहरु स्वीकार गर्न आग्रह गरिरहने छौं ।’ राष्ट्रपति मूनले कोरोनाभाइरसका कारण सिर्जित समस्याबाट उत्तर कोरिया पनि प्रभावित भएको बताए । उनले दक्षिण कोरिया र संयुक्तराज्य अमेरिका दुबै मुलुकले उत्तर कोरियासँग निकट सम्पर्क संचारमा रहेको बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया