अरूमाथि घृणा फैलाउने, आतंक मच्चाउने विषय पहिचानको राजनीति हुन सक्दैन: एमाले अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचानको मुद्दा सबैभन्दा बढी एमालेले सम्बोधन गरेको भन्दै अरूमाथि घृणा फैलाउने, आतंक मच्चाउने विषय पहिचानको राजनीति हुन नसक्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा आज(बिहिबार) बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले पहिचानका नाममा नेपाली जनतालाई विभाजित गर्न खोजिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘अरूमाथि घृणा गर्ने, हिंसा फैलाउने, आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन । पहिचानको राजनीतिका नाममा जनता भाँड्ने, राष्ट्रिय एकता तोड्ने हाम्रो वैरीहरूलाई मद्दत पुर्याउने कुरा हो । देशलाई अनेकतामा लाने, एकताबद्ध हुन नदिने कुरा हो ।’
सो क्रममा उनले आफूलाई प्रधानमन्त्रीबाट विस्थापित गरेपछिका अढाइ वर्षमा देशमा राजनीतिक अराजकता बढेको बताएका छन् । साथै, अर्थतन्त्र ओरालो लागेको उनको दाबी छ । उनले भने, ‘मैले सरकारको नेतृत्व छाडेपछि हाम्रो देश अझ ओरालो लागेको छ, अढाइ वर्षमा मुलुक राजनीति अस्थिरता र अराजकतामा फसेको छ । अर्थतन्त्र ओरालो लाग्यो, व्यापारी व्यवसायी हतोत्साही भए । देश झन् अप्ठ्यारोमा पर्दै छ । सरकारसँग कर्मचारी पाल्ने पैसा छैन । पहिलो चार महिनामै ऋण लिनुपरेको छ ।’
देश बेहाल भएकोले जनतामा अन्योल भएको मौका छोपेर प्रतिगामी दुलाबाट टाउको निकालेर सल्बलाउन थालेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, ‘राजतन्त्र इतिहास भइसकेपछि अहिले आएर सालिकमा महाराजाधिराज लेख्ने काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ ।’
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित
- क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर
- जनअपेक्षा विपरीतका गतिविधि र सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैन: उपप्रधानमन्त्री लामिछाने
- नयाँ शक्ति निर्माण अभियान थप सशक्त बनाउनुपर्छ: डा.भट्टराई
- दक्षिण कोरियाले चिप्स उद्योगमा १९ अर्ब डलर खर्च गर्ने
- चीनको विद्युत् उत्पादन क्षमता १४ दशमलव एक प्रतिशत बढ्यो
- थाई एयरवेजको सेवा नेपालमा पुनः सुरु
- एमएडब्लु वृद्धिले इलेक्ट्रिक हृयाचब्याक नामी ०१ नेपालमा ल्याउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया