एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडभित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने सांकेतिक एवम् सन्देशमूलक बोर्ड साथै आठ थान ट्राफिक पोलहरू हस्तान्तरण गरिएको हो ।
उक्त ट्राफिक पोलहरू हस्तान्तरण एवम् जडानसम्बन्धी आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेलाई उक्त ट्राफिक पोलहरू हस्तान्तरण गरे । सो अवसरमा प्रहरी निरीक्षक न्यौपानले बैंकले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए ।
उक्त कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडलाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए । साथै, एक्सेल डेभलपमेन्ट बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको जानकारी गराए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ
- राष्ट्रपतिद्वारा तीन विशिष्ठ व्यक्तित्व सम्मानित
- के माग दावी गरिएको छ केदार कार्कीको रिटमा ?
- सरकार र दश दिनदेखि अनसनरत दिपक भण्डारी बीच सहमति
- एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
- हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
- गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया