मालपोत प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौं, जेठ १४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसहित नौ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार तत्कालीन मालपोत प्रमुख दाहालसमेतको मिलेमतोमा खोटाङको साविक दिक्तेल गाविस वडा नं ६ को सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको अरोप लगाइएको छ ।
आयोगले दाहालविरुद्ध चार लाख १४ हजार ४५३, नापी प्रमुख सियाकान्त चौधरी, मालपोत अधिकृत कटकबहादुर खत्री र तत्कालीन नायब सुब्बा भीमबहादुर खत्रीविरुद्ध समान चार लाख ८९ हजार २०१, तत्कालीन खरिदार टेकबहादुर खड्का र नायब सुब्बा चन्द्रबहादुर कार्कीविरुद्ध समान ६३ हजार ८५०, साविक दिक्तेल गाविसका निवेदक गजेन्द्रकुमार थापाविरुद्ध रु चार लाख १४ हजार ४५३, अर्का निवेदक रामबहादुर थापाविरुद्ध रु ७४ हजार ७४८ माग दाबी गर्दै तथा नापी कार्यालयका अमिन गणेशकुमार खिरहरिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयले ल्याएको तरङ्ग
- १६औँ योजनामा घट्यो कुल लगानीको अनुमानित रकम
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया