‘भ्यालेन्टाइन डे’ को अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट
काठमाडौं । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ । बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर ल्याएको हो ।
सो अफर फेब्रुअरी २० सम्म लागू हुने कम्पनीका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । उनका अनुसार आधा घण्टा उडानको नेपाली पर्यटकले ९५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । अहिले १४ प्रतिशत छुट पाउँदा आठ हजार एक सय ७० रुपैयाँमा हट एयर बेलुन उड्न सकिनेछ । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नुपर्नेछ । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो । जमिनको सतहबाट नौ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमशृङ्खला हेर्न सकिन्छ । यस्तै, फिसटेल, अन्नपूर्ण तथा धौलागिरि हिमशृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 9
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया