Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगऔद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम

औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम


विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप स्तरोन्नति तालिम सञ्चालन गरेको छ । उद्योगमा कार्यरत प्राविधिकहरूलाई किफायती ऊर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित ईनर्जी इफिसियन्सी तालिममा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

इन्स्योर परियोजनासँगको सहकार्यमा सञ्चालित संगठनको सीप विकास कार्यक्रममा स्थानीय उद्योगमा कार्यरत प्राविधिकहरूलाई २० दिने तालिम तालिम प्रदान गरिएको हो । तालिमको समापन तथा पुरस्कार वितरण कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धि भए उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए । उनले उद्योग प्रतिष्ठानले भोग्दै आएको दक्ष प्राविधिकको अभावलाई मध्यनजर गरी उद्योगहरूको आवश्यकताका आधारमा संगठनले पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गर्दै आएको पनि जानकारी गराएका थिए । उनले यस प्रकारको तालिम सञ्चालनका लागि उद्योगहरूको वढ्दो अभिरुचिप्रति खुसी व्यक्त गर्दै प्रत्येक तालिमलाई कर्मचारीहरूले जीवनपर्यन्त सिकाइको प्रक्रियाका रूपमा लिई आफ्नो कार्यसम्पादन क्षमतामा सुधार गर्न अनुरोध गरे ।

तालिमका प्रशिक्षक सञ्जय कुमार साहले तालिम अवधिमा प्राविधिकहरूलाई ऊर्जा खपत न्यूनीकरणका उपायहरू, खेर गइरहेको ऊर्जा नियन्त्रण तथा मेसिनको प्रयोग र सञ्चालन विधि, प्राप्त ऊर्जाको समुचित उपयोग एवं व्यवस्थापन, ऊर्जा दक्षता पद्धति र महत्वका विषयहरू तालिममा समेटिएको जानकारी दिएका थिए । साथै, संगठनले अरिहन्त मल्टिफाइबर्स लिमिटेडमा जुट ब्याचिङसम्बन्धी तालिम तथा परिवर्तित सन्दर्भमा प्राविधिकहरूलाई इन्डस्ट्रिज अटोमेसिन भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी)सम्बन्धी तालिम पनि संगठन हाताभित्र एकै साथ सञ्चालन गरेको जानकारी दिएको छ । संगठनले यसअघि पनि विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरूलाई एकै थलोमा जम्मा गरी तालिम दिँदै आएको जनाएको छ ।

सिकाइलाई थप प्रभावकारी बनाउनका लागि पछिल्लो समय सम्बन्धित उद्योगको कार्यस्थलमै राखेर तालिम सञ्चालन गर्ने नयाँ अभ्यासअन्तर्गत यो तालिम सञ्चालन गरिएको संगठनका अध्यक्ष राकेस सुुरानाले बताए । संगठनले सम्बन्धित उद्योगको मागको आधारमा उद्योगमा कार्यरत प्राविधिकहरूको दक्षताको आधारमा पाठ्यक्रम समेत तयार गरी यस प्रकारको तालिम सञ्चालन गर्ने रणनीति अख्तियार गरेको उनले जानकारी दिए । उनले यस आर्थिक वर्षमा तीन सयमध्ये एक सय जनाको तालिम सम्पन्न भइसकेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x