दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले वैदेशिक रोजगारीबाट फर्किएर यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गरेका छन् ।
महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । २०६४ सालबाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट आफू सन्तुष्ट रहेको बताए । उनका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ ।
उनले २०७६ सालमा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । यस वर्ष कालीमाटीमा प्रतिकिलो एक सय २० सम्म सुन्तला बिक्री गरेको उनले जानकारी दिए ।
यस वर्ष उनले चार करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको बताए । म्याग्दे गाउँपालिकाका किसानबाट एक करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट दुई करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उनले जानकारी दिए । उनले सुन्तला बगानबाट प्रतिकिलो ७० देखि ७५ मा खरिद गरी एक सय २० सम्म बिक्री गर्ने गरेको सुनाए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका, सहकारी–कृषि
ताजा अपडेट
- कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने
- सङ्घीय संसद् अधिवेशन आजदेखि
- बालमन्दिर जग्गा प्रकरण : सिकिस्त बिरामी रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया