गाउँपालिका अध्यक्षको नाममा सडकको नामाङकरण
महेन्द्र शाही
सोलुखुम्बु, जेठ २०
विश्वको सर्बोच्च शिखर सगरमाथा क्षेत्र जोड्ने सडकको नाम खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाको नामबाट नामाङकरण गरिने भएको छ ।
आइतबार बसेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको वडा नम्बर १ खरिखोलादेखि गाउँपालिका केन्द्र चौरिखर्कसम्मको निर्माणाधिन सडकको नाम ‘ङिमदोर्जीे शेर्पा पर्यटन सडक’ नामांकन गर्ने निर्णय गरेको हो । यो सडक निर्माणको कार्य अहिले पनि जारी रहेको छ । सगरमाथा क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको करिब ५० किलो मिटरको यो सडकको नामांकन गाउँपालिका अध्यक्षको नाममा गर्ने निर्णय गरिएको प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । यो सडकखण्ड निर्माणका लागि पालिका अध्यक्षले महत्वपूर्ण भूमिका खेलेका कारण यस्तो निर्णय गरेको प्रबक्ता शेर्पाको भनाई छ ।
सगरमाथा क्षेत्र जोड्ने दुधकोशी कायाघाटको मोटरेबल पुल, गाउँपालिका केन्द्र जोड्ने सडक लगायत खुम्बुको विकासमा अध्यक्ष शेर्पाले खेलेको भूमिकाको उच्च कदर गर्दै अध्यक्षकै नाममा सडकको नामांकन गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताए । गाउँपालिका अध्यक्ष शेर्पाको अवस्थ अहिले नाजुक रहेको छ । अध्यक्ष शेर्पा अहिले पेटकको क्यान्सरसँग जुधिरहेका छन । उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन खस्कदै गएको पारिवारिक स्रोतले जनाएको छ । उनको तौल नपुगेका कारण अप्रेसन हुन नसकेको बताइएको छ । उनलाई विदेशमा समेत गएर उपचार गराएको भए पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया