बेस्ट फाइनान्सको खुद मुनाफा एक करोड
काठमाडौं । बेस्ट फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड आठ लाख ४७ हजार पाँच सय ७१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ९७ लाख दुई हजार दुई सय ७६ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी ८५ करोड ४८ लाख १६ हजार सात सय ७९ रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा चार अर्ब ७८ करोड ९२ लाख ९५ हजार छ सय दुई रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६१ करोड ६२ लाख ७२ हजार आठ सय ७९ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा पाँच करोड ९७ लाख ९७ हजार सात सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३० करोड ६८ लाख ३७ हजार आठ सय ९७ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले चार अर्ब १७ करोड १५ लाख ६२ हजार आठ सय पाँच रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड ९८ लाख ५४ हजार एक सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ८६ लाख २८ हजार चार सय ४६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया