दोलखा । फागुपूर्णिमा अर्थात् होली पर्व दोलखामा पनि विशेष उल्लासका साथ मनाइएको छ । जिल्लाका ग्रामीण भेगमा खासै होलीको रौनक नदेखिए पनि बजार क्षेत्रमा भने होलीको छुट्टै रौनक छाएको थियो ।
आइतबार जिल्लाको चरिकोट, जिरी, सिंगटी, मैनापोखरी, तामाकोशीलगायतका बजारमा होली धुमधामसँग मनाइएको हो । सदरमुकाम चरिकोटमा होली विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । सरल नेपाल दोलखा र चरिकोट क्लबले सदरमुकाम चरिकोट बजारमा स्लो बाइक रेस प्रतियोगिता तथा होली विशेष डान्स कार्यक्रम आयोजना गरी होली मनाएको हो । सरल नेपालले विगत वर्षजस्तै यस वर्ष पनि सदरमुकाम चरिकोटमा स्लो बाइक रेस तथा खुला डान्स कार्यक्रम आयोजना गरेको सो संस्थाका सौगात थापाले जानकारी दिए ।
त्यसैगरी होलीकै अवसर पारेर पर्यटकीय नगरी जिरीमा युवा सञ्जाल जिरीले बृहत् होली विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । जिरीका स्थानीयहरू बजारमा जम्मा भई एक आपासमा अबिर, रङ्ग दलेर खुसी साट्दै होली मनाएका हुन् । यस्तै, जिल्लाको मैनापोखरी, सिङटी, भैसे, तामाकोशीलगायतका स्थानीय बजारमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर फागु पर्व मनाइएको छ । पछिल्लो समय गाउँघरमा फागुपूर्णिमा अर्थात् होली पर्वको महत्व हराउँदै गए पनि सहर बजारमा भने होलीको महत्व र परम्परा उस्तै रहेको छ ।
यस्तै, होलिकै अवसरमा अनलाइन मिडिया सोसाइटी दोलखाले पनि मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो । दोलखाका पत्रकार र जनप्रतिनिधिबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा जनप्रतिनिधिको टिम विजयी भएको छ । प्रतियोगितामा भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका तथा बैतेश्वर गाउँपालिका जनप्रतिनिधिहरू र दोलखा दुई दर्जन पत्रकारहरूको सहभागिता रहेकोे थियो ।
क्याटेगोरी : बागमती प्रदेश
ट्याग : #page 3
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया