पेप्सोडेन्ट नेपालको दन्त स्वास्थ्य जागरूकता कार्यक्रम
काठमाडौं । पेप्सोडेन्ट नेपालले नेपाल डेन्टल एसोसिएसनसँगको साझेदारीमा दन्त स्वास्थ्य जागरूकता कार्यक्रम सञ्चालन गरेको छ । विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका १५ स्थानहरूमा आयोजित यस कार्यक्रमले तीन हजार पाँच सय सहभागीहरूलाई दन्त तथा मौखिक स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरिएको थियो । यस कार्यक्रमले सहभागीहरूलाई आकर्षक क्रियाकलापहरूमा संग्लग्न गराई उनीहरूमा पेप्सोडेन्ट ब्रान्डको सकारात्मक प्रभाव पारेको थियो । पेप्सोडेन्ट नेपालले यस वर्षको विश्व मौखिक स्वास्थ्य दिवस २०२४ का लागि विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्नका लागि मार्च महिनाभर विभिन्न गतिविधिहरू सम्पन्न गरेको घोषणा गरेको थियो । यसअनुसार स्वस्थ जीवनका लागि आवश्यक विभिन्न उत्पादनहरू प्रदान गर्दै शैक्षिक अभियानद्वारा व्यक्तिगतरूपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुविरुद्ध लड्ने चेतना पुर्याएको ब्रान्डले दाबी गरेको छ ।
ब्रान्डले ‘एक एक पाइला’सँगको सहकार्यमा नेपालका दुर्गम भेगहरूमा एक हजार छ सय जनालाई निःशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरेको थियो । साथै, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयोगले इन्द्रेश्वर माध्यमिक विद्यालयमा तीन सय ४३ जनालाई निःशुल्क डेन्टल स्क्रीनिङ सेवा प्रदान गरिएको थियो । साथै, पेप्सोडेन्ट नेपालले ‘किप ब्रसिङ एन्ड किप स्माइलिङ’ नामक डिजिटल अभियान सुरु गरेको थियो । यस अभियानलाई सामाजिक सञ्जालका १२ इन्फ्लुएन्सरहरूको सहकार्यमा पनि प्रवर्द्धन गरिएको थियो । यस डिजिटल अभियानले ३८ लाख रिच र ६२ लाख इम्प्रेसन हासिल गरेको बताइएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
- मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया