मुख्यमन्त्री केजरीवाल बिरामी कोरोना परीक्षण गरिने
नयाँ दिल्ली, जेठ २७
भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन् । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् । कोरोनाभाइरसको संक्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनी सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थालेका छन् । उनको आज मङ्गलबार कोरोना परीक्षण गरिने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
आइतबार दिउसोदेखि उनले आफ्ना सबै बैठक तथा भेटघाटहरुलाई स्थगित गरेका छन् । आम आदमी पार्टीका नेतासमेत रहेका ५१ वर्षीय केजरीवाललाई कोरोनाभाइरसका विरामीलाई देखिनेजस्तै लक्षण देखिएको र मंगलबार परीक्षण गर्ने तयारी भएको पार्टीका अर्का नेता तथा राज्य सभा सदस्य सन्जय सिंहले जानकारी दिए । ‘दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आइतबार दिउसोदेखि ज्वरो र घाटी दुख्ने लगायतका लक्षणहरु देखिएको छ, चिकित्सकहरुले कसैसँग सम्सर्गमा नरहने गरी अलग्गै बस्न सुझाव दिएका छन्’, सिंहले भने । मुख्यमन्त्री केजरीवाललाई चाडै निको होस् भनेर आफुले कामना गरेको र कोरोनाभाइरस नलागेको विश्वास व्यक्त गरे ।
उनी छुट्टै बस्न थालेर भेटघाट तथा बैठकहरु स्थगित गरेपनि दिल्ली सरकारको काम कारबाहीमा कुनै असर नपर्ने समेत सिंहले दावी गरे । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अहिलेसम्म २८ हजार ९ सय ३६ जना संक्रमित भएका छन् भने कोरोनाका कारण दिल्लीमा मात्रै ८ सय १२ जनाको मृत्यु तथ्यांक राज्य सरकारको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया