भारतबाट फर्केका मानिसले भरिए गाउँका विद्यालय
सुबास बस्नेत
दोलखा, असार २
लकडाउन सुरु भएपछि भारतबाट जिल्ला आएका मान्छेहरुले गाउँका विद्यालय भरिएका छन् । स्थानीय जनप्रतिनिधिले भारतबाट आएका व्यक्तिहरुलाई विद्यालयमा राख्ने गरेको छ । नेपालमा कोरोना भाइरस संक्रमणका बिरामी दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय सरकारले वैकल्पिक क्वारेन्टाइनको रूपमा विद्यालयका कक्षाकोठा प्रयोग गर्दै आएका छन् । जिल्लामा भारत लगायतका कोरोना संक्रमित तेस्रो मुलुकबाट करिब छ हजार मानिसहरु जिल्ला भित्रिएका छन् । दोलखामा अझैपनि भारतबाट मानिसहरु आउने क्रम जारी रहेको छ । बैतेश्वर गाउँपालिकाको विष्णु मावि, कालिढुङ्गा मावि, कालिदेवी प्रावि, जलदेवी माविलगायतका करिब आधा दर्जन विद्यालयहरु भारतबाट फर्केका मानिसले भरिएका छन् ।
त्यसैगरी कालिञ्चोक गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु कालिनाग मावी, निकोभूमे माविलगायतका विद्यालयमा एक सयभन्दा बढी मानिसलाई राखेको छ । तामाकोशी गाउँपालिकाले पनि भारतबाट गाउँ आएका दर्जन बढी मानिसलाई पालिकाभित्रका विद्यालयमा राखेको जनाएको छ । त्यस्तै अन्य गाउँपालिका तथा नगरपालिकाहरुले पनि विद्यालयलाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
जिल्ला स्वस्थ्य प्रमुख विभुकुमार झलजे क्वारेन्टाइनमा बसेकाहरुलाई पीसीआर परीक्षण गरेर मात्रै घर पठाइएने बताए । क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा खाना भत्ता दिनुकोका साथै नियमित स्वास्थ्य परीक्षण गरिने झाले बताए । हालसम्म दोलखाका दुई जनालाई कोरोना संक्रमण देखएिको छ । जसमध्ये एक पुरुषको संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया