उद्योगमा गरिने लगानी प्रतिबद्धतामा करिब साढे एक खर्बले कमी
काठमाडौं, असार १४
नेपालको उद्योग क्षेत्रमा गरिने लगानी प्रतिबद्धतामा करिब साढे एक खर्बले कमी आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को पछिल्लो ११ महिना (साउनदेखि जेठ)को अवधिमा गत आव (२०७५/०७६) को सोही अवधिको तुलनामा नेपालको उद्योग क्षेत्रमा गरिने लगानी स्वीकृतिमा एक खर्ब ३० अर्ब एक करोड ६२ लाख रुपैयाँले लगानी कमी आएको हो ।
चालू आवको ११ महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत मुलुकको उद्योग क्षेत्रमा एक खर्ब ४१ अर्ब १९ करोड ४४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ । सो लगानी प्रतिबद्धता कुल दुई सय ५८ वटा उद्योग स्थापना गर्नको लागि आएको हो । गत आवको सोही समयमा स्वदेशी र विदेशी लगानीकर्तामार्फत उद्योग क्षेत्रमा दुई खर्ब ७१ अर्ब ९२ करोड ६ लाख लगानी प्रतिबद्धता आएको थियो । कुल दुई चार सय १९ वटा उद्योग स्थापना गर्नको लागि सो लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
पछिल्लो समय कोभिड १९ का कारण विश्व अर्थतन्त्रमा असर पर्दा त्यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालमा समेत असर परेको छ जसको एउटा अंश स्वरुप उद्योग क्षेत्रमा देखिएको लगानी प्रतिबद्धतामा कमी आउनु हो । ‘कोभिड १९ को असर नै मान्नुपर्छ, उद्योगको लगानी प्रतिबद्धतामा कमी देखिनुमा’, विभागका एक अधिकारीले भने, ‘लगानीकर्ताहरु आवतजावतको अवस्था शून्य छ जसले गर्दा लगानी आउने सम्भावना देखिन्न ।’
यद्यपि विभागका महानिर्देशक जीवन प्रकाश सिटौलालले भने लकडाउनको अवस्थामा समेत लगानी प्रतिबद्धता आएको बताए । सामान्य अवस्था त होइन तर पनि लकडाउनको अवधिमा विदेशी लगानीकर्ताका नेपाल प्रतिनिधिमार्फत करोडौं लगानी प्रतिबद्धता आएको छ । यो समयमा १२ वटा उद्योग स्थापना गर्नका लागि करिब ९५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको उनको भनाइ छ ।
लगानीकर्ताहरुले चालू आवको ११ महिनाको अवधिमा सबैभन्दा बढी ऊर्जा र सबैभन्दा कम कृषिजन्य तथा वन पैदावरमा लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऊर्जा उद्योगमा ९२ अर्ब तीन करोड ३७ लाख लगानी प्रतिबद्धता जनाउँदा सबैभन्दा कम कृषिजन्य तथा वन पैदावरमा एक अर्ब १२ करोड ६४ लाख लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऊर्जामा ३९ वटा तथा कृषिजन्यमा नौवटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी प्रतिबद्धता जनाएका हुन् ।
त्यसैगरी लगानीकर्ताहरुले सूचना प्रसारण तथा सञ्चार प्रविधिमा दुई अर्ब ८४ करोड एक लाख, उत्पादनमा १८ अर्ब ४९ करोड ४ लाख, सेवामा सात अर्ब ७३ करोड ६५ लाख र पर्यटनमा १९ अर्ब ६७ करोड ७२ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सूचना–प्रविधिमा १७ वटा, उत्पादनमा ६४ वटा, सेवामा ४२ वटा र पर्यटनमा ८७ वटा गरी कुल दुई सय ५८ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
उद्योग स्थापना गर्ने प्रतिबद्धतासँगै लगानीकर्ताहरुले कृषिमा तीन सय ८१ जना, ऊर्जामा एक हजार नौ सय सात जना, सूचना प्रविधिमा एक हजार सात सय ८१ जना, उत्पादनमा चार हजार सात सय ४८ जना, सेवामा तीन हजार पाँच सय ६० जना र पर्यटनमा चार हजार तीन सय १७ जना गरी कुल १६ हजार ६ सय ९४ जनालाई रोजगारी दिने समेत विभागलाई जानकारी गराएका छन् ।
त्यसैगरी विभागका अनुसार गत आवको सोही समय अर्थात् ११ महिनाको अवधिमा सबैभन्दा बढी ऊर्जामा र सबैभन्दा कम खनिज उद्योगमा लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले ऊर्जामा दुई खर्ब तीन अर्ब ३९ करोड ९९ लाख तथा खनिज उद्योगमा एक करोड २८ लाख लगानी प्रतिबद्धता जनाएका थिए ।
यस्तै लगानीकर्ताहरुले कृषि तथा वनजन्यमा दुई अर्ब ८० करोड ६ लाख, निर्माणमा एक अर्ब दुई करोड ४० लाख, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ५५ करोड ९ लाख, उत्पादनमा ४९ अर्ब २३ करोड ४३ लाख, सेवामा पाँच अर्ब २९ करोड ६५ लाख र पर्यटनमा नौ अर्ब ६० करोड १४ लाख लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले चार सय १९ वटा उद्योेग स्थापना तथा २१ हजार तीन सय ३९ जनालाई रोजगारी दिने प्रतिबद्धतासहित लगानीकर्ताहरुले सो लगानी प्रतिबद्धता जनाएका थिए ।
नेपालको उद्योग क्षेत्रमा स्वदेशी लगानीकर्तासहित ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने बताउँदै आएका छन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप चालू आवमा नैैै नेपाली व्यवसायीहरुसहित ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरु उद्योग सञ्चालनका लागि विभागबाट लगानी स्वीकृत गराउँदै आएका छन् ।
नेपाली व्यवसायीसहित उद्योगमा लगानी गर्ने भन्दै रकम स्वीकृत गराउने मुलुकहरुमा भने छिमेकी मुलुक भारत र चीन रहेका छन् भने त्यसपछि क्रमशः अमेरिका, दक्षिण कोरिया, ब्रिटिस भर्जिन आइसल्याण्ड, सिंगापुरलगायतका मुलुक रहेका छन् । विशेषगरी नेपालको ऊर्जा, सिमेन्ट, सेवालगायतका उद्योगमा विदेशी लगानीकर्ताहरुले लगानीको लागि चासो दिएका छन् । त्यस्तै स्वदेशी लगानीकर्ताहरुले ऊर्जा, सिमेन्टका साथै पर्यटन, कृषि, सूचना प्रविधि, हस्तकलालगायतका उद्योगीहरुमा लगानी गरेका छन् ।
लकडाउनका कारण पछिल्लो समय मुलुकमा रहेका सम्पूर्ण उद्योगहरु सञ्चालन हुनसकेका छैनन् । यद्यपि सरकारले सम्पूर्ण उद्योग सञ्चालन गर्नुपर्ने बताइरहँदा निजी क्षेत्र भने उद्योग सञ्चालनको लागि सरकारले पहल गरे पनि पर्याप्त सुविधा नदिँदा उद्योग सञ्चालनमा कठिनाइ भएको बताउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया