हुन्डाई फेस्टिभ डिलाइट अफरका विजेता घोषणा
काठमाडौं, असार १६
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ । सो अफरअर्न्तगत हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्रमार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुन्डाई सेन्ट्रो र हुन्डाई भेन्यु जित्ने मौका थियो ।
हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेताको घोषणा हिमालायण टिभीमा लाइभ ड्रमार्फत असार १५ गते सोमबार गरिएको थियो । कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । उक्त अफरअनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट खनालद्वारा लक्की ड्र गरिएको थियो । उक्त अफरको विजेता भरत सिंह पौडेल, चन्द्रमणि पौडेल, श्रीजेश घिमिरे, महेश्वर लाल सिंह, कृष्ण प्रकाश पौडेल शर्मा, राजु शाह, दल बहादुर वि.क., विजय अग्रवाल-गणेश हार्डवेयर, एनआईसी एसिया बैंक लि., निर्भिक सापकोटा र खातु इन्टरनेशनल प्रालि रहेका छन् ।
त्यसैगरी हुन्डाई फेस्टिभ डिलाइट अफरको पहिलो बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर ३२९ का शालिकराम अधिकारीले हुन्डाई सेन्ट्रो जितेका भने अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाहले हुन्डाई भेन्यु जितेका छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । कम्पनीका अनुसार यस हुन्डाई फेस्टिभ डिलाइट योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना भदौ २ गतेदेखि कात्तिक १७ गते २०७६ सम्म लागू गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया