काठमाडौं, असार १८
नेपालमा बुधबारसम्म ५२ जिल्लामा सलह किरा देखिएका छन् । भारतबाट नेपाल प्रवेश गरेको सलहले बाली तथा तरकारीको बोट र पात खाएर सखाप पार्ने गरेको छ । नेपालमा भारतबाट करिब ९० लाख सलह प्रवेश गरेको बताइएको छ । नेपालमा अझै भारतबाट सलह प्रवेश गरिरहेको बताइएको छ । वर्षा नभएको कारण सलहमा कुनै क्षति नभएको विज्ञहरुले बताएका छन् । वर्षा हुनथालेपछि भने सलहको समूह तितरवितर हुने बताइएको छ ।
नेपाल प्रवेश गरेको सलह विभिन्न समूहमा बाँडिएको कारण ठूलो क्षति गर्नसकेको छैन । काठमाडौं उपत्यकामा पनि सलहको प्रकोप बढेको छ । काठमाडौंको टोखा क्षेत्रमा तरकारी र मकैबालीमा सलहले सामान्य क्षति पु-याएको बताइएको छ । सलहको प्रकोप बढेपछि किसानहरुले सावधानी अपनाउन थालेका छन् भने कतिपय स्थानीय तहले सहल समातेर ल्याउनेलाई पैसा दिने घोषणा गरेका कारण समातेर पुरस्कार लिनेको संख्या बढेको छ ।
कृषि मन्त्रालयले भने नेपालमा सलहले फुल पार्ने वातावरण नभएको कारण नेपालमा फैलिन नसक्ने बताएको छ । सलहलाई फुल पार्न मरुभूमि नै चाहिने विज्ञहरुको भनाइ छ । नेपालमा मकै बालीलाई सलहले बढी क्षति पु-याएको छ । सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।
मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यसबीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी लिएर सावधानीका उपायसमेत अवलम्बन गरिएको छ । सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलनलगायतको विषयमा जानकारी लिन संघीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित गरिएको छ । प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
सलह देखिएमा के गर्ने ? सलह देखिएमा तत्कालै स्थानीय पालिका, प्रहरी र कृषि ज्ञान केन्द्रमा खबर गर्न सरकारले नागरिकलाई अनुरोध गरेको छ । कुनै स्थानबाट सलह उडेको देखेमा कुन दिशामा गइरहेको छ, त्यसको आकारलगायत आवश्यक सूचना सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ । कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउनसमेत कृषि मन्त्रालयले आग्रह गरेको छ ।
आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँडा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धूवाँलगाउने वा कुनै माध्यमबाट बाधा पु-याई झुण्डलाई अन्यत्रै मोड्न सकिने जनाइएको छ । नर्सरी तथा करेसाबारीजस्ता साना क्षेत्रमा हुने खेतीमा झुल तथा जाली लगाएर छोपेर पनि जोगाउन सकिने जनाइएको छ । धानखेतमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ । टनेलभित्रको बालीलाई कीरा छेक्नसक्ने गरी बेरेर राख्नसमेत विज्ञहरूले आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया