जसले अमेरिका पत्ता लगाए तिनैको शालिक किन फोडि“दै छ अमेरिकामा ?
बाल्टिमोर, असार २२
अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । बाल्टिमोरको लिटिल इटाली नाम गरेको सहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको प्रयोग गरेका थिए ।
प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीहरुले अमेरिकामा पछिल्ला दिनहरुमा कोलम्बस, कन्फिडेरेट नेताहरु र अरुहरुका स्मारकहरु सार्वजनिक स्थलबाट हटाउन माग गरिरहेका छन् । प्रदर्शनकारीको विचारमा इटालेली अन्वेषक क्रिस्टोफर अमेरिका सहित पश्चिमा देशहरुमा जातिसंहार र आदिवासी जनताको शोषणका लागि जिम्मेवार रहेका छन् ।
बाल्टिमोर सन अखबारका अनुसार उक्त स्मारक नगरपालिकाको स्वामित्वमा रहेको तथा पूर्व मेयर विलियम डोनाल्ड साफर र राष्ट्रपति रोनाल्ड रेगनको नाममा समर्पित रहेको थियो । बाल्टिमोरका मेयर बर्नार्ड योङका प्रवक्ता लेस्टर डेभिसले स्मारक भत्काइनु इतिहासलाई आफूखुसी व्याख्या गर्नु भएको उल्लेख गरे ।
प्रदर्शनकारीहरुले कोलम्बसका स्मारकहरु अरु राज्य एवं सहरहरुमा पनि भत्काइएका छन् । प्राप्त जानकारीअनुसार मायामी, रिचमन्ड, भर्जिनिया, सेन्ट पल, मिनेसोटा, बोस्टनमा रहेका कोलम्बसका शालिक तोडफोड गरिएका छन् । इटालीका अन्वेषक क्रिस्टोफर कोलम्बसले पन्ध्रौं शताब्दीमा अमेरिका पत्ता लगाएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया