बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ
काठमाडौं, असार २८
बैंकिङ कसुर मुद्दाका फरार दुुई प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ ताम्सिपाखा बस्ने ४८ वर्षीय सुनिता चित्रकार र काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् ।
प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर अदालतले गरेको थियो । सोहीअनुरुप २०७६ फागुन २६ गते उच्च अदालत पाटनबाट सुनितालाई तीन दिन कैद र छ लाख ५० हजार रुपैयाँ जरिवाना तथा मनोजलाललाई सात दिन कैद र १० लाख रुपैयाँ जरिवाना सजाय हुने फैसला भएको थियो ।
अदालतको फैसलापछि उक्त सजाय बेरुजु रही फरार रहेका उनीहरुमध्ये सुनितालाई बिहीबार लुकीछिपी बसिरहेको अवस्थामा स्वयम्भूबाट र मनोजलाललाई शुक्रबार रविभवन काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए । दुवै जनालाई फैसला कार्यान्वयनको लागि शुक्रबारै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रवक्ता पाण्डेले बताए । उनीहरुविरुद्ध विकास कार्कीले जाहेरी दिएपछि उच्च अदालत पाटनले सजाय सुनाएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया