काठमाडौं, असार २८
अन्तर्राष्ट्रिय ब्राण्डको केएफसी रेष्टुराँमा भित्रै नछिरी बाहिरबाट त्यहाँको परिकार किनेर लैजाँदा पनि ग्राहकले दश प्रतिशत सर्भिस चार्ज तिरिरहनुुपरेको छ । कोरोना महामारीका कारण जारी लकडाउन केही खुकुलो भएपछि सरकारले असार १ गतेदेखि रेष्टुरेन्टहरुलाई खोल्न दिएर टेक वे (प्याकिङ लैजाने) सुविधा दिएको थियो । त्यसपछि काठमाडौं उपत्यकाका रेष्टुरेन्टहरु आशिंकरुपमा खुुलेका छन् तर रेष्टुरेन्टमा बसेर खाने सेवा सुविधा दिइएको छैन ।
ग्राहकले आफूलाई चाहिएको परिकार सामाजिक दूरी कायम गरी बाहिरैबाट अर्डर गर्ने र बिल तिर्ने गर्नुुपर्दछ र अर्डरअनुसारको परिकारको प्याकिङ लिएर जानुुपर्ने हुन्छ । यस्तो अवस्थामा ग्राहकलाई रेष्टुरेन्टले कुुनै सेवा गर्नुुपर्ने हुुँदैन । त्यही कारण दरबारमार्गमा रहेको ओपीएम रेष्टुरेन्टले ग्राहकसँग १० प्रतिशत सेवाशुल्क नलिने सूचना नै जारी गरेको छ । तर होटल अन्नपूर्णसँगै रहेको अन्नपूर्ण आर्केडमा रहेको केएफसीले चाहिँ लाजहीन पचाएर ग्राहकसँग दश प्रतिशत सर्भिस चार्ज उठाइरहेको छ । भारतीय नागरिक रविकान्त जयपुरियाले चलाएको दरबारमार्ग लगायत महाराजगञ्ज, ललितपुर, बौद्धलगायतका क्षेत्रमा पनि शाखा रहेको केएफसीमा दैनिक २० लाखजतिको व्यापार हुुने गर्छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया