रेष्टुुरेन्टमा लगेर युवतीको मोबाइल चोरी बिक्री गर्ने पक्राउ
काठमाडौं, असार २८
विभिन्न बहानामा युवतीहरुको मोबाइल चोरी गरेर बेच्ने व्यक्ति पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न रहेको आधारमा राजकुमार दनुवारलाई पक्राउ गरेको हो । चोरीको आरोपमा बुुधबार सामाखुसीबाट दनुुवारलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख रोशन खड्काले बताएका छन् ।
वृत्त प्रमुुख खड्काका अनुसार रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय दनुवारले शृंखलाबद्ध रुपमा चोरी तथा लुुटपाट गर्ने गरेको देखिएको छ । पक्राउ परेका दनुवारमाथि चोरीको अभियोगमा अनुसन्धान भइरहेको छ । वृत्त प्रमुख खड्काका अनुसार दनुुवारले पार्किङमा राखेको महँगो मूल्य पर्ने मोटरसाइकल चोर्ने, त्यही मोटरसाइकलमा राम्री युवतीहरूलाई लिफ्ट दिने र तिनै युवतीको रकम र मोबाइल लुट्ने गरेको गरेको देखिएको छ ।
यसरी लुुटेको मोबाइल बेचेर फेरि आफू प्रहरीको डीएसपी भन्दै दनुुवारले उक्त मोबाइल फिर्ता लिने गरेको समेत अनुुसन्धानबाट खुल्ला आएको वृृत्त प्रमुख खड्काले बताएका छन् । लकडाउनको बेला सवारीसाधन नचलेको फाइदा उनले उठाएको र युवतीलाई लिफ्ट दिएपछि चिया कफी खाउँ भन्दै उनले रेस्टुरेन्टमा लाने र युवती वाशरुम गएको मौका छोपेर उनले युवतीको मोबाइल र पर्स नै लुट्ने गरेको समेत अनुुसन्धानबाट खुुलेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया