मुक्तिनाथ विकास बैंकको क्षेत्रीय कार्यालय जनकपुरमा
जनकपुरधाम, साउन १५
आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकैसाथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले शाखा विस्तार गर्ने क्रममा बुधबारदेखि प्रदेश २ को क्षेत्रीय कार्यालय तथा जनकपुर शाखा सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसका कारण पर्नसक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गर्दै बैंकले जनकपुरधाममा दोस्रो शाखा तथा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको हो । यस शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, डिम्याट खाता, एटीएम सेवा, क्यूआर पेमेन्ट सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने बैंकका क्षेत्रीय प्रबन्धक प्रभाष झाले प्रतिबद्धता व्यक्त गरेका छन् । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जामा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ ।
यस योजनाअन्तर्गत अधिकांश कर्जामा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत न्यूनतम ब्याजदर कर्जा प्रवाह गरिनेछ । त्यस्तै ४८ घन्टाभित्र कर्जा स्वीकृति गरिने र यसैगरी एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने बैंकले जनाएको छ । कर्जा सेवाशुल्क अधिकतम १ प्रतिशत मात्र हुने बताइएको छ ।
क्षेत्रीय प्रबन्धक झाकाअनुसार कोरोना भाइरस महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु-याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । मुक्तिनाथ विकास बैंकको नयाँ शाखा तथा क्षेत्रीय कार्यालय स्थापना भएसँगै ४४ जिल्लामा शाखा कार्यालयको संख्या एक सय ३७ पुगेको छ । यस्तै बैंकले देशभर २१ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया