चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा गिरावट
बेइजिड., साउन १८
चीनमा कृषिजन्य उत्पादनको थोक मुल्यमा अत्यधिक गिरावट भएको छ । कृषि तथा ग्रामिण मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा ०.०५ अंकले तल झरेको छ । शुक्रबार दिउसो २ बजेसम्मको औसत थोक मूल्यअनुसार सुगुरको प्रतिकेजी मासुमा ०.३ प्रतिशतले गिरावट आएको हो । त्यसैगरी प्रतिकेजी अण्डामा २.७ प्रतिशतसम्म मूल्य घटेको छ । अधिकारीहरुले मुख्य मुख्य २८ प्रकारका तरकारीको प्रति केजीको मूल्यमा औसतमा ०.७ प्रतिशत सस्तो भएको सरकारी सर्वेक्षणले देखाएको जनाएका छन् ।
त्यसैगरी छ प्रकारका विभिन्न फलफुलहरुमा प्रतिकेजी १.७ प्रतिशतसम्म मूल्यमा गिरावट आएको अधिकारीहरुले जनाएका छन् । मूल्यको अवस्था मूल्यांकन गर्दा झण्डै दुई सय थोकमुल्य बजारबाट विवरण संकलन गरिएको थियो । विवरण संकलकहरुले यस्तो विवरण दैनिक रुपमा संकलन गर्ने गरेको र त्यसमा फलफुल, तरकारी, मासु, अण्डालगायतका खाद्य पदार्थको विवरण समावेश हुने गरेको अधिकारीहरुले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया