Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबेलिब्रिज निर्माण भएसँगै कोशीपारि क्षेत्रमा खाद्यान्नको मूल्य सस्तियो

बेलिब्रिज निर्माण भएसँगै कोशीपारि क्षेत्रमा खाद्यान्नको मूल्य सस्तियो


महेन्द्र शाही
सोलुखुम्बु, साउन १९
सोलुखुम्बुको दिब्लीघाटमा बेलिब्रिज निमार्ण भएसँगै कोशीपारिका क्षेत्रमा खाद्यान्यको मुल्य घटेको छ । जिल्लाको कर्णालीका रूपमा चिनिने महाकुलङ र सोताङ गाउँपालिका जानका बेलिब्रिज निर्माण भएपछि सहज भएको छ । अहिले जिल्ला सदरमुकाम सल्लेरीबाट सिधै महाकुलुङ र सोताङ सामान ढुवानी गर्न सहज भएको छ । पहिले दिप्लीघाट सम्म सामान लगेर त्यहाँबाट झुलुङ्गे पुलमार्फत मानिसले बोकेर पारि पु-याएपछि गाडिले सामान ढुवानी गर्दै आएको थियो ।

हिउँदमा खोलाबाटै गाडि पार हुने भए पनि बर्खाको समयमा पोल्टी गर्नुपर्ने बाध्यता रहेको थियो । पुल बनेसँगै अहिले त्यो बाध्यता समेत अन्त्य भएको व्यापारीहरूको भनाइ छ । थुलुङ दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमानामा रहेको दिब्लीघाटमा बेलिब्रिज निमार्ण भएसँगै महाकलुङ र सोताङमा दैनिक उपभोग्य वस्तुको मूल्यमा सस्तो भएको स्थानिय लक्ष्मन राईले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x