एनएमबी बैंकको पूर्वस्वीकृत शैक्षिक कर्जा सर्वोत्कृष्ट
काठमाडौं, पुस ७
एनएमबी बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषताहरूसहित जीवन्त तुल्याएको बैंकले जानकारी दिएको छ । जसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ भने १५ वर्षसम्मको अवधिका लागि सत प्रतिशत लगानी र चार वर्षसम्मको थप बिलम्बकालीन/ऋण स्थगन अवधि (मोराटोरियम) पनि रहेको छ ।
बैंकले ग्राहक/विद्यार्थीहरूले विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्टट र परिस्कृत उपयोगीतामूलक प्रस्तावका साथ सहजरूपमा शैक्षिक कर्जा प्राप्त गर्न सहज हुन् भन्ने मुख्य उद्देश्यका साथ यी महत्वपूर्ण विशेषताहरू थपेको हो । बैंकले शतप्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि लगानी गर्नेछ ।
साथै, विदेशमा अध्ययनका लागि उनीहरूको प्रायोजकको दायरालाई पनि लचिलो तुल्याएको छ, जसमा बुवा वा आमाका हजुरबुवा–हजुरआमा, सासुससुरासहितका ससुराली परिवार तथा काकाकाकी दुवैलाई प्रयोजकका रूपमा सामेल गर्न सकिने गरी दायरा फारकिलो पारिएको छ । यसका साथै ऋणको अवधि बढाएर १५ वर्ष पु-याइएको छ, जहाँ ऋण स्थगन अवधि कम्तिमा चार वर्ष वा पूरै पाठ्यक्रम अवधिसम्म कायम गरिएको छ । एनएमबी बैंकको हाल देशभरि एक सय ६३ शाखाहरू, एक सय २८ एटीएमहरू र पाँच एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
- ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
- आइएमई लाइफको खुद मुनाफा ३३ करोड नाघ्यो
- बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकपछि जीर्णाेद्धार
- गोर्खाज फाइनान्सका अध्यक्षको सपथ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया