अनमोल फ्यासिलिटी क्लिनरद्वारा सय बढी कार्यालयहरूमा निःशुल्क डिसइन्फेक्सन
काठमाडौं, भदौ ४
अनमोल फ्यासिलिटी क्लिनर्स प्रालिले एक सयभन्दा बढी सरकारी तथा निजी कार्यालयहरूमा कोरोना भाइरसबाट बच्नको लागि कीटनाशक औषधि छर्केको छ । कम्पनीका अनुसार सरकारले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि लकडाउन गरेपश्चात् कम्पनीले चैत १६ गतेदेखि कार्यालयहरूमा कीटनाशक औषधि छर्कने अभियान नै सुरु गरेको हो ।
विगत १३ वर्षदेखि विभिन्न संस्थाहरूका सरफाइ गर्दै आएको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आफ्नो वार्षिक आम्दानीको केही प्रतिशत रकम छुुट्ट्याएर निःशुल्करूपमा कीटनाशक औषधि छर्कने कार्यक्रम सञ्चालन गरेको हो । ‘कोरोना महामारीको जोखिम बढ्दै गएको अवस्थामा कम्पनीले सबै नागरिकको स्वास्थ सुरक्षालाई ध्यानमा राखेर विभिन्न सरकारी तथा निजी कार्यालय, सार्वजनिक स्थान, सार्वजनिक यातायातका साधन आदिमा गएर किटाणुुनाशक औषधि छर्कने काम गरेका हौँ’, कम्पनीका मार्केटिङ म्यानेजर निश्चल घिमिरेले भने, ‘देशभरका पाँचवटा एयरपोर्टको समेत सरसफाइ गर्दै आएको कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नै पशुुपति, गुह्येश्वरीलगायतका मठमन्दिरहरूको समेत सरसफाइ गर्दै आएका छौँ ।’
कोभिड १९ को जोखिम बढ्दै अवस्थामा कम्पनीले कीटनाशक औषधि छर्कने कार्र्यक्रमलाई आगामी दिनमा पनि निरन्तता दिने उनले बताए । कम्पनीमा हाल सबै क्षेत्रमा गरी तीन सय जना कर्मचारीहरू कार्यरत रहेको र ती कर्मचारीहरूले विश्व स्वास्थ संगठनले तोकेका सबै मापदण्डहरूको पालना गर्दै काम गर्नेगरेको र यसको लागि प्रयोग गरिने मेसिन र औषधिहरू पनि विश्व स्वास्थ संगठनले तोकेको मापदण्डभित्र रहेको मार्केटिङ म्यानेजर घिमिरेले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया