बाँके, भदौ १०
सशस्त्र प्रहरी बाँकेले अहिलेसम्मकै ठूलो परिमाणमा स्मार्ट मोबाइल फोन बरामद गरेको छ । तस्करी समाप्त पार्ने उदेश्यका साथ अघि बढेका सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका एसपी अशोक बम आएको ३ हप्तामै ठूलो सफलता हासिल गर्दै गएका छन् । एसपी बमको आदेश र सशस्त्र प्रहरीका अन्य अधिकृतसहित जवानहरूको कडा मेहनतले सशस्त्र प्रहरी बाँकेले धमाधम अवैध सामग्री नियन्त्रण गर्दै आएको छ ।
अवैध सामग्री नियन्त्रणकै क्रममा कालाबन्जर बीओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले सोमबार भारतबाट ल्याउदै गरिएको ११ लाख रूपैयाँ बराबरको अवैध स्मार्ट मोबाइल फोन बरामद गरेको छ । गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक डाँगीको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीबाट भारतबाट ल्याउँदै गरेको ८५ थान स्मार्ट मोबाइल फोन बरामद गरेको हो ।
राप्ती नदीको किनारैकिनार साइकलमा मोबाइल बोकेर आउँदै गरेका तस्करहरूले सशस्त्र प्रहरीलाई देख्नासाथ सामान फालेर फरार भएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ । त्यस्तै सशस्त्र प्रहरी निरीक्षक डाँगीले मोबाइलको साथमा ९३ थान लेडिज कुर्तासमेत बरामद गरेका हुन् ।
सशस्त्र प्रहरी बाँकेका अनुसार बरामद गरिएका मोबाइल फोनहरूमा रियलमी, भिभो, ओप्पोलगायत अन्य कम्पनीका रहेका छन् । त्यस्तै बरामद गरिएका फोनहरूको मूल्य ११ लाख २० हजार र कुर्ताको मूल्य ३७ हजार दुई सय रूपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी निरीक्षक डाँगी तस्करीविरुद्ध खरो रूपमा उत्रिने प्रहरी अधिकृतमा पर्ने गर्छन् । आफूले कमान्ड सम्हालेको १ हप्ता नपुग्दै उनले यति ठूलो परिमाणमा अवैध मोबाइल बरामद गर्न सफल भएका छन् ।
तस्करहरूले राप्ती नदीको किनारैकिनारबाट भारतबाट अवैधरूपबाट ल्याउने गरे पनि सशस्त्र प्रहरीले उनीहरूको कार्य विफल बनाउँदै आएको छ । सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा करिब ३० लाख रूपैयाँबराबरको अवैध सुर्तीजन्य सामग्री समेत बरामद गरिएसकेको छ । बरामद गरिएका मोबाइल फोन र कुर्तालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया